काठमाडौं । सरकारले आममाफी दिएर जेलमुक्त भएका बाँकेका योगराज ढकालविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ ।
यो रिटमाथि मंगलबार र बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनवाइ भएको थियो ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हत्या अभियोगमा जेल परेका ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेका थिए । लगत्तै ढकाल कारागारबाट मुक्त भएका थिए ।
तर ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।


