काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यामप्रसाद अधिकारीलाई प्रधानसेनापति बनाउने प्रचार झुट भएको बताएका छन् ।
उनले सोमबार आयोजित पत्रकार महासङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको स्पष्ट पारे । ।
प्रधानसेनापति हुन निश्चित मापदण्ड रहेको बताउँदै रक्षामन्त्री खड्काले सेनाको विधान बाहिर गएर सरकारले कुनै काम नगर्ने स्पष्ट पारे । ।


