काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु सिंहदरबारमा सुरु भएको छ। बैठकको मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्नु रहेको बुझिएको छ ।
नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेको हो ।
प्रमुख तीन दलका शीर्ष नेताबीच तत्काल प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा यसअघि नै सहमति जुटेको थियो ।


