बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धराज बस्नेतले निर्वाचित भएका छन् । उनले ९०४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी सुमन खत्रीले ६८४ मत प्राप्त पाउन सके । अध्यक्षका अर्का उम्मेदवार शम्भुबहादुर तिमल्सिनाले भने निकै कम २९७ मत मात्रै पाए । सुरुवाती चरणमा बस्नेत र खत्रीको मतान्तर एकदमै कम भए पनि पछिल्लो चरणमा बस्नेतले मतान्तर बढाउँदै जित हात पारेका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान निर्वाचित भएका छन् । उनी ८११ मत पाएर निर्वाचित भएका हुन् । अर्का उम्मेदवार सूर्यबहादुर कार्कीले ६९३ मत पाए भने बिदुर प्रसाद पराजुलीले ३४६ मत पाए ।
यस्तै द्धितीय उपाध्यक्षमा १०५२ मत प्राप्त गरी इन्द्रबहादुर राउत बिजयी भए । उनका प्रतिष्पर्धी राजेश श्रेष्ठले ७९७ मत पाए । महासचिवमा ईश्वर गुभाजू, प्रथम उपाध्यक्षमा भेषबहादुर बस्नेत (राजेन्द्र) र सचिवमा तीर्थ पौडेल र सह कोषाध्यक्षमा उद्धव पौडेल यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । भने महिला सदस्यमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ पनि निर्विरोध चयन भइसकेका छन् ।
यसैगरी सदस्यहरुमा उमेश श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, गणेश नेपाल, अम्बर बहादुर श्रेष्ठ, राजकुमार श्रेष्ठ, सुरज तिमल्सिना, चेङा शेर्पा, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दावा ग्याल्जेन शेर्पा, इश्वर खत्री र दलबहादुर रुम्बा निर्वाचित भएका छन् ।