काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकारको मुख्य लक्ष्य सुखी नेपाली र समृद्ध नेपाल नै भएको बताएका छन् । उनले आज बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘सुखी नेपाली र समृद्ध नेपाल’ लक्ष्य प्राप्त गर्नका लागि सुशासन र सामाजिक न्याय अनिवार्य सर्त रहेको प्रधानमन्त्रीको भनाइ थियो । अहिलेको देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयास केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेको पनि उनको भनाइ थियो ।
‘


