काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नता पुष्टि भए आफू पदमा नबस्ने दावी गरेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका उनले आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी पार्टीको संसदीय दलको बैठकमा बोल्दै पार्टी, संसद् र सडकबाट आफूमाथि अनावश्यक प्रश्न उठाएर लान्छना लगाउने काम भएको बताए ।
उनले राजस्व प्रशासनमा आफूले सकेसम्म कुनै पनि कमी कमजोरी नहुने गरी व्यवस्थापन गरिरहेको बताए ।


