काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसोदेखि उनको निजी निवासमा राखिने भएको छ।
सोमबार बिहानदेखि श्रद्धाञ्जलिका लागि ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको शव दिउँसो १ बजेपछि बालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।
नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ। दिउँसोपछि बालुवाटारस्थित निवासमा राखेर नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्था मिलाइएको विष्टले बताए।


