काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् ।
उनले बुधबार नेपाल इन्जिनियर्स एसोसिएसनको १६ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले राजनीतिक दलहरूले गरेको प्रतिबद्धता र वाचाहरूलाई पूरा गर्ने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताउँदै त्यसलाई प्रत्यक्ष रूपमा देख्ने अनुभूति गर्ने लक्षित वर्गका आशाले अझै सहारा खोजिरहेको बताए । । उनले इन्जिनियरहरूले पूर्वाधार निर्माणको विषयलाई सधैँ जनताको जीवनशैलीसँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।


