काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रालाई नियुक्त गरेका छन् ।
डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा थिइन् । यसअघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंहलाई मन्त्रालय तानिएको छ ।
यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पंकज रायलाई जिम्मेवारी दिइएको छ । उनी ११ औं तहका चिकित्सक हुन् । यसअघिका निर्देशक डा. युवानिधि बसौलालाई कान्तिमै राखिएको छ ।


