काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी ०८४ हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले शनिबार एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्। अहिलेको सरकारले देशमा नकारात्मक काम गरिरहेको आरोप लगाउँदै उनले गठबन्धन सरकारले देशमा नेपाली जनताले गर्व गर्ने खालको कुनै पनि काम नगरेको बताए।
उनले भने, ‘हामीले पूर्वपश्चिम राजमार्ग रणनीतिक राजमार्ग निर्माण गर्यौं, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग लगायतका काम एमालेलेको सरकारले गरेको हो।’
उ


