काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारलाई १४ बुँदे सुझाव दिएको छ ।
सभापति रवि लामिछानेले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर यस्तो सुझाव बुझाएका हुन्।
यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको उल्लेख गरेका छन् ।
उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् ।


