काठमाडौं । एसआई युकेले भोलि (माघ २२ गते सोमबार) पोखरामा “युके एजुकेशन फेयर २०२४” गर्दैछ । फेयरमा सहभागिता जनाउन बेलायतका ३५ विश्वविद्यालयका प्रतिनिधिहरू पोखरा आइपुगेका छन् ।
फेयरमा विद्यार्थीलाई बेलायतको शिक्षा नीति, विश्वविद्यालयले दिने सुविधा, छात्रवृत्ति, त्यहाँको बसाई र रोजगारीका अबसरबारे विश्वविद्यालयका प्रतिनिधिले नै जानकारी दिने छन् । फेयरमा सहभागी विद्यार्थीले तुरून्तै अफर लेटर पाउने छन् भने छात्रवृत्ति पनि प्रदान गरिने छ ।
सोमबार पोखराको चिप्लेढुङ्गास्थित युएफओको अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माथिल्लो तलामा रहेको कार्यालयमा युके एजुकेशन फेयर हुने एसआई युकेका निर्देशक विनय अधिकारीले बताए । एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स पढ्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफरसहित पोखरा आएको अधिकारीको भनाई छ ।
एसआई युकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितको सुविधा पनि दिने बताइएको छ ।