काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँगै रहेको र आउने चुनावमा कांग्रेसले वैशाखी खोजिरहेको टिप्पणी गरेका छन् ।
वागमती प्रदेश कमिटीको बैठकलाई बुधबार सभागृहमा सम्बोधन गर्दै ओलीले कांग्रेससँगको गठबन्धनलाई चुनावसम्म लैजान प्रचण्ड – माधवले प्राण लगाएको बताए ।
ओलीले एक्लै चुनाव लड्दा एउटा वडा जित्न पनि नसक्ने भएकाले उनीहरूका लागि अहिलेको गठबन्धन चुनावमा लैजानुपर्ने बाध्यता रहेको र कांग्रेस कार्यकर्ताहरू कुन चिन्हमा भोट हाल्नुपर्ने हो भनेर अन्यौलमा रहेको बताए । उनले माओवादी र नेकपा एस कांग्रेस एमालेको जुवाखालमा च्याँखे थापेर बसेको आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँगका छ । राजनीतिक,वैचारिक र सांगठानिक तथा चुनावी प्रतिस्पर्धा छ । तर, यी च्याँखे थापेर बसेका छन् । अबको चुनावबाट यी च्याँखेहरुलाई पन्छाउनुपर्छ ।’