काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
स्रोतका अनुसार आजको बैठकमा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने बुझिएको छ । बैठक अहिले बिहान साढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु हुनेछ।
आजको बैठकले मुख्यसचिव परिवर्तन तथा राजदूत नियुक्तिबारे निर्णय गर्ने स्रोतले जनाएको छ।
स्रोतका अनुसार वर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राजदूत बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी सरकारले गरेको छ।


