काठमाडौं । जल तथा मौसम विभागले आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस्तै राति कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानतथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


