काठमाडौं । आज बिहान ११ बजेदेखि इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणना सुरु गरिने भएको छ।
मतगणनामा सहमति गर्न बिहान सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालाको सर्वदलीय बैठक यस्तो निर्णय गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बैठकको सहमतिअनुसार अब ११ बजेदेखि मत गन्न थालिने प्रमुख जिल्ला अधिकारीले यादवले जानकारि दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा जम्मा पारिएको छ। सो हलका दुई स्थानमा मतगणना हुने छ।


