काठमाडौं । आज केही प्रदेशमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।


