काठमाडौं । आज देशका धेरै ठाउँमा मौसम बदली हुनाका साथै पश्चिमी क्षेत्रमा आज र भोलि वर्षा तथा हिमपात हुने सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाको बुलेटिनअनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


