काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अग्रसरतामा मात्रै शान्तिप्रक्रिया टुंगिने बताएका छन् ।
पूर्व प्रधानमन्त्री ओलीले शुक्रबार विश्व सामाजिक मञ्च २०२४को अवसरमा नेपाल बुद्धिजीवी परिषद्ले काठमाडौंमा आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले अहिलेको संविधानमा सामाजिक न्यायसहितको अधिकार स्थापित गरेको भन्दै यसलाई सबै मिलेर कार्यान्वयन गरिने धारणा राखे । एमाले सरकारमा रहँदा सामाजिक न्यायसहितको आर्थिक विकासमा जोड दिएको र त्यसका लागि आवश्यक पूर्वाधार बनाएको दाबी गरे ।


