काठमाडौं । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनीत गरेका छन्।
सभापतिले सिटौलालाई शनिबार संसदीय नेतामा चयन गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
सिटौला गत माघमा भएको राष्ट्रिय सभा निवाचनमा कोसी प्रदेशको अन्य तर्फबाट निर्वाचित भएका थिए।
सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनेगरी यसअघिको सत्ता गठबन्धनमा सहमति थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेसँगै सिटौलालाई अध्यक्ष बन्न बहुमत नपुग्ने भएको छ।


