काटमाडौं । आज काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार आज बिहान कोशी र मधेशका तराईका केही स्थानमा वर्षा भयो भने बागमती प्रदेशका केही स्थान र पश्चिम दाङतिर वर्षा भएको थियो।
अहिले पनि कोशी र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा भइरहेको मौसमविद् झाले जानकारी दिए।
‘अपराह्नतिर काठमाडौँ, पोखरा, धनगढी, दाङसहित पहाड तथा तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ’, उनले भने।


