काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन पुनःस्थापित गर्ने संकल्प पूरा गरेको उल्लेख गरेका छन् । उनले सरकारमा जाने आफ्नो कुनै दाबी नरहेको प्रष्ट पारेका छन् ।
खड्काले सोमबार राति ट्वीट गर्दै पुस १० गते भत्काइएको गठबन्धन पुनःस्थापित गर्ने संकल्प पूरा गरेको र अब आफ्नो दाबी कुनै कुरामा पनि नरहेको प्रष्टीकरण दिएका हुन्।
उनले सरकारमा दाबी गरेको भनेर आफूलाई अन्याय नगर्न आग्रह गरेका छन्। ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन’, खड्काले भनेका छन्, ‘मेरो नाम अरुसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरी दिनुहोस्।’


