काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।
आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए ।
त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य सामान्य रहेको छ ।


