काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा गृह मन्त्रालयका उपसचिव (कानून) का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव सदस्य रहेका छन् ।
गत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित दुर्गा प्रसाईंको अंगरक्षक दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ म दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२को पेस्तोल लिएर सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका थिए ।


