काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगीमा गर्नमा मुख्य भूमिका निर्वाह गरेको भन्दै ललितपुरस्थित थेचुबाट उनलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको हो।
एमाले उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न बाटो खुलेको हो। पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन्। बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरज र टोपबहादुर रायमाझीका छोरा सन्दीपको नामसमेत यो प्रकरणमा जोडिएको छ।


