काठमाडौं । आज पनि सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि संसद्मा पेस वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल जारी रहने भएको छ।
संघीय संसद् सचिवालयले बैठक आज बिहान ११ बजे प्रतिनिधि सभाको बस्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे आइतबारदेखि प्रतिनिधि सभामा छलफल भइरहेको हो।


