काठमाडौं । आगलागीमा परेर सख्त घाइते भएका कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
भण्डारीसँगै मुम्बई गएका सहयोगी योगराज कँडेलका अनुसार शनिबार १२ः१५ बाट भण्डारीको कृत्रिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने फोक्सोले आफैं काम गर्न थालेको छ। भण्डारीको हाल मुम्बईस्थित बर्न हस्पिटलमा उपचार हुँदै आएको छ।
अस्पतालका डाक्टरले भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमबारबाट भेन्टिलेटर हटाइने बताएको कँडेलले जानकारी दिए।


