काठमाडौं। काठमाडौं महानगरपालिकाले जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि एक पानी उद्योगलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।
महानगरले पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै बूढानीलकण्ठस्थित पशुपति स्प्रिङ वाटर उद्योगलाई उक्त जरिवाना गरेको हो ।
महानगरका अनुगमन निरीक्षक डा. अवधेश झाले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको बताए ।


