काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता भएको छ।
उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । आजको भेटघाटमा मुख्यगरी संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले सबै संसदीय समितिका बैठक आज सुरु भएकाले अब संसद्ले लय समातेको बताए।
प्रधानमन्त्री प्रचण्डले संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यका लागि सभामुख घिमिरेले गरेको प्रयासको प्रशंसा गरे।यस क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारकाले यही जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी पनि गराए।


