काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । उनीहरुबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
उनीहरुबीच मुख्य रुपमा देशको पछिल्लो समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनमा राष्ट्रपतिदेखि प्रदेश मुख्यमन्त्रीसहित मुख्य पदहरु प्याकेजमा भागवण्डाको प्रयास भइरहेको छ भने प्रधानमन्त्रीको विश्वासको मत र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको बुझिएको छ।


