काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस छ। अहिले बिहान ८:४५ बजे पुनः मापन गरिनेछ, त्यतिबेला न्यूनतम तापक्रम अझ घट्न सक्ने उनले बताइन्।
आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन्।


