काठमाडौं । यो साता ३ दिनसम्म लगातार बढेको शेयर कारोबार आज भने २१.६७ अंकले घटेको छ ।
आज नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । ३१३ धितोपत्र एक करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।
यसदिन १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक मात्र बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


