काठमाडौं । सभामुखले बोल्न समय नदिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेर अर्धनग्न भएका छन् ।
सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराउँदा गराउँदै सिंहले समय मागेका थिए ।
सिंहले कपडा खोलेर विरोध जनाएपछि संसद्मा अभद्र व्यवहार गर्न नपाइने नियमावलीको व्यवस्था सभामुखले ध्यानाकर्षण गराएका थिए ।
“असिस्ट, अश्लील, आपत्तिजनक अभिव्यक्ति नदेखाउन चेतावनी दिन्छु,” सभामुख घिमिरेले भने, “अमरेशकुमार सिंहले देखाएको व्यवहार नियम ३० को आधारमा चेतावनी दिन्छु । तपाईंलाई मैले चेतावनी दिन चाहन्छु । फर्किएर आएर बस्नुहोस् । असभ्य व्यवहार देखाउनुहोस् । नियमानुसार आफ्ना कुराहरू राख्नुहोस् ।”


