काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घटेर आएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसा घटेर आएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ ४७ पैसा बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।
आईओसीले प्रत्येक महिनाको १ तारिख र १६ तारिखमा नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ । प्रत्येक १६ तारिखमा पेट्रोल र डिजेलको मूल्यसूची पठाउने गरेको छ ।


