काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन्।
बुधबार राष्ट्रपतिको स्वकीय सचिवालय ले जानकारी दिएको हो ।
राष्ट्रपति पौडेलले मङ्गलबार भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका थिए।


