काठमाडौं । भृकुटीमण्डपमा पुस १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताले एउटा घर किन्दा ३० लाखसम्मको छुट पाउने भएका छन् ।
मेलामा रहेका सिडी डेभलपर्स, रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रालि ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखेका छन् । सिडी डेभलपर्सले मेलामा एउटा घरमा २५ लाखसम्मको छुट दिएको छ । डेभलपर्सका निर्देशक दीपक कुवँरले आवास आकृति कोलोनीमा भने एउटा घर किन्दा ३० लाखसम्मको छुट मेलामा आएर किन्ने उपभोक्तालाई दिइएको जानकारी दिए ।
आवास कोलोनी भनेर टोखामा नयाँ प्रोजेक्ट बनाइरहेको र सो कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट दिएको उनले बताए । मेलामा उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।


