काठमाडौं । सरकारले मधुकुमार मरासिनीलाई अर्थ सचिवमा ल्याउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले हालका अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर मरासिनीलाई जिम्मेवारी दिएको हो ।
नेशनल पेमेन्ट गेटवे सम्बन्धी भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट क्लि चिट पाएसँगै मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ भने अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।
मरासिनी अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको प्रणाली खरिदका लागि २५ करोड रुपैयाँ अर्थ मन्त्रालयको लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टममा प्रविष्ट गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा दायर गरेको थियो ।


