काठमाडौं । जल तथा मौसम विभागले अहिले देशका ६ जिल्लामा ठूलो वर्षा भइरहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्ला आसपास भारीसम्म वर्षा भइरहेको छ ।
‘पछिल्लो ३ घण्टामा धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको हुँदा उक्त स्थान भई बहने ससाना खोलामा जलसतह बढ्नसक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेको हुनाले सतर्कता अपनाऔँ।’ सूचनामा उल्लेख गरिएको छ ।


