काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्।
दोस्रो नम्बरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ रहेका छन्। उनले ११ हजार ११४ मत ल्याएका छन्। रवि र जीतबीचको मतान्तर नै ४३ हजार ६१ रहेको छ। नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत ल्याएका छन्।
रविले विजयी हुने क्रममा मंसिरमा पाएको मतभन्दा ५ हजार धेरै मत ल्याएर आफ्नै रेकर्ड तोडेका छन्।
यसअघि ४ मंसिरको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी ४९ हजार २ सय ६४ मत ल्याएर विजयी भएका थिए। तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो।


