काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि अब छलफल प्रारम्भ गर्नुपर्ने बताएका छन्। पूर्व प्रधानमन्त्री देउवाले आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘संविधान जारी भएको ८ वर्ष भएको छ। यसको कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता पहिचान गर्नुपर्ने भएको छ। संविधानले व्यवस्था गरेको शासकिय स्वरुप, मूलभुत विषयमा प्रतिकुल प्रभाव नहुनेगरी संविधानको संशोधन गर्नेगरी छलफल प्रारम्भ गर्नुपर्नेछ,’ देउवाले भने।
उनले संविधानको शासकिय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुसार नै रहेको दाबी गरे।


