काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा उठेका विषय रेकर्डबाट हटाउने परम्परालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलहरी प्रकरणबारे सांसदमा कुरा उठेको तर पछि हटाइएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाइएको जलहरीको सुन हराएको बिषय संसदमा उठाइयो, तर पछि त्यसलाई संसदको रेकर्डबाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाइएको भएपनि जनताको मनबाट हटने छैन् ।’


