काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको हृदयघातका कारण आज बिहान निधन भएको थियो ।
बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।


