काठमाडौं । अबदेखि पेट्रोल र डिजेलमा १ रुपैयाँ हरित कर लाग्ने भएको छ । विदेशबाट नेपाल आयात हुने कोइला, विटुमिन, पेट्रोलियम पदार्थमा कर लगाउने भएको हो।
कोइलामा प्रतिकेजी ५० पैसा हरित कर लगाउने छ। पेट्रोलियम तेल अर्थात पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपैयाँ लगाउने भएको छ।
त्यस्तै लुब्रिकेन्ट आयलमा १ प्रतिशत, रद्दीका तेलहरुमा १ प्रतिशत लाग्ने भन्सार आर्थिक विधेयकमा उल्लेख रहेको छ।