काठमाडौं । बिहीबार पनि नेप्सेमा उच्च अंकले गिरावट आएको छ। आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा रोकिएको हो ।
आज चार अर्ब २१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १७३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज नेपाल फाइनान्स लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।