काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नीति तथा कार्यक्रमलाई कार्यान्वयन हुने खालको बजेट आउने बताएका छन् ।
अर्थमन्त्री पुनले बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए । उनले मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको बताए । उनले व्यवसायीहरुले सम्पतीको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोवल कमजोर बनाउने नीति नलिने बताए ।
उनले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए । उनले निजी क्षेत्र निरुत्साहित हुननहुने बताए ।


