काठमाडौं । मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २।०६ अंकले बढेको हो ।
मंगलबार दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भयो ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई)को सेयर मूल्य सर्वाधिक ६.२३ अंकले घटेको छ ।
मंगलबार कारोबारमा आएका १३ मध्ये चार समूहबाहेक सबै घटेका छन् । विकास बैंक, माइक्रो फाइनान्स, म्युच्युअल फन्ड र अन्य समूहको समूहगत परिसूचक बढेको हो । अरू नौ समूहको समूहगत परिसूचक घटेको छ ।


