काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक बर्ष २०८१/८२ को बजेटमै बैंकको सुरक्षा नीति आउनु राम्रो रहेको बताएका छन्। उनले काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन्।
उनले पर्यटन, जलविद्युत्, स्टार्टअप, सूचना प्रविधि लगायत प्रचुर सम्भावनाका क्षेत्रहरूलाई पहिचान गरी प्राथमिकतासाथ बजेट छुट्टाउनु राम्रो पक्ष भएको बताए। यसले बैंकिङ क्षेत्रलाई निकै फाइदा हुने विश्वास गरिएको पनि उनले बताए।
निजी क्षेत्रलाई सँगसँगै अगाडि लैजाने बजेटमा आउँदा बैंकलाई लगानी बढाउने अवसर पनि हुने उनको भनाई छ।


