काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् ।
उनले विहीबार चालु आर्थिक वर्षको अन्तिम महिनामा राजस्व संकलन बढाउने उद्देश्यले कर र राजस्व प्रशासनसँग सम्बन्धित उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएर सामूहिक निर्देशन दिएका हुन् ।
‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन, उचित ढंगले कर तिर्न प्रेरित गरौं,’ उनले भने, ‘राज्य करदाताको अभिभावक पनि हो । डिक्टेटरजस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’