काठमाडौं । बुधबार नेप्सेमा झिनो अंकले बृद्धि भएको छ । आज नेप्से २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा बन्द भएको छ ।
कारोबार रकम भने घटेको छ । बुधबार तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार चार अर्बभन्दा बढीको धितोपत्र खरिद बिक्री भएको थियो ।
नेप्सेका अनुसार आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ । १०४ कम्पनीको सेयर मूल्य घटेको छ ।
सर्वाधिक सेयर मूल्य बढ्नेमा नेपाल फाइनान्स, समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी छ । यी तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।