काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अब डिजिटल रोड बनाउन आवश्यक पर्ने बताएका छन् ।
मन्त्री पुनले आज आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको ‘आईटी डिकेड: अ वे फर्वार्ड’ कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।
विश्वका ठूल्ठूला प्रविधि कम्पनीमा नेपाली जनशक्ति र प्रतिभाहरूले काम गरिरहेको बताउँदै उनले अब नीतिगत व्यवस्थामार्फत नै ‘ब्रेन गेनु को माहोल बनाइने उल्लेख गरे । ‘अवसर भयो भनेमात्र नयाँ पुस्ता यहाँ बस्छन्,’ मन्त्री पुनले भने, ‘त्यसका लागि हामी नीति निर्माताले बाटो बनाइदिनुपर्छ ।’ यसका साथै अर्थमन्त्री पुनले ठूला उत्पादनका पावरहाउससँग नेपालले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेकाले अन्य क्षेत्रभन्दा आईटी हाम्रा लागि उपयुक्त हुने पनि स्पष्ट पारे ।